चिनियाँ गेम निर्माताकाे विष खुवाएर हत्या-Sutra News

चिनियाँ गेम निर्माताकाे विष खुवाएर हत्या

सोमबार, १३ पौस २०७७

सोमबार, १३ पौस २०७७

सांघाई- चिनियाँ गेम निर्माता ३९ वर्षीय लिन चीको क्रिसमसको दिनमा विष खुवाएर हत्या गरिएको चीनको सांघाई प्रहरीले पुष्टि गरेको छ । 



उनी यूजू नामको गेम डेभलपरका प्रमुख तथा कार्यकारी निर्देशक थिए । उनले नेटफ्लिक्समा चर्चित गेम अफ थ्रोन्स : विन्टर इज कमिङ स्ट्राटेजी गेम बनाएका थिए ।  सांघाई प्रहरीले विज्ञप्ति जारी गर्दै ची कै एक महत्वपूर्ण सहयोगी हत्याको मुख्य संदिग्ध रहेको बताएको छ । प्रहरीले ती व्यक्तिको नाम सार्वजनिक भने गरेको छैन । 

सांघाई प्रहरीका अनुसार चीको कम्पनीका धेरै कर्मचारी र पूर्वकर्मचारी शुक्रवार बिहान उनको कार्यालयबाहिर भेला भएर श्रध्दाञ्ली दिएका थिए ।  हरुन चाइना रिच लिस्टका अनुसार लिनको कुल सम्पत्ति ६.८ अरब युआन अर्थात् एक अर्ब ३० कराेड डलर थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट