पछिल्लो २४ घण्टामा ६५९ कोराना संक्रमित थपिए, ७१८ निको, ७ को निधन-Sutra News

पछिल्लो २४ घण्टामा ६५९ कोराना संक्रमित थपिए, ७१८ निको, ७ को निधन

सोमबार, १३ पौस २०७७

सोमबार, १३ पौस २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ७१८ जना संक्रमित डिस्चार्ज भएका छन् ।



हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४२७ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २५४ जनाको आइसियू र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार २७८ जना कोरोना संक्रमित थपिएका छन् । ललितपुरमा ४९ जना र भक्तपुरमा २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको निधन भएको छ । योसमेत हालसम्म संक्रमणबाट निधन हुनेको संख्या १८३२ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट