अदालतको निर्णय स्वीकार्यः शेखर कोइराला-Sutra News

अदालतको निर्णय स्वीकार्यः शेखर कोइराला

सोमबार, १३ पौस २०७७

सोमबार, १३ पौस २०७७

विराटनगर- कांग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमा र्याली र र कोणसभाको आयोजना गरेको छ । वीरेन्द्र सभागृहबाट निकालिएको र्याली नगरपरिक्रमापश्चात् जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थियो ।



सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतको निर्णय स्वीकार्य हुने बताए । उनले कांग्रेस वामपन्थीसँग सहकार्य गरी सरकारमा सहभागी नहुने प्रष्ट पार्दै एक्लै निर्वाचनको तयारीका लागि पालिकास्तरमा विरोधसभा गर्नुपर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य डा.कोइरालाले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सवल बनाउने जिम्मेवारी नेकाको काँधमा आएको बताए । केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले संसद् विघटनबाट संविधान कार्यान्वयनमा अवरोध सिर्जना भएको आरोप लगाउँदै विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिइन् ।

सांसद रमेशजङ्ग रायमाझीले वर्तमान सरकार शिक्षा, स्वास्थ्य र नागरिकको उपचार कार्यमा लाग्नुपर्ने बताए । प्रदेश नं १ प्रदेशसभामा प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले जनताको अधिकार स्थापित गराउन सडक आन्दोलन जारी रहने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट