कोरोना: इन्डोनेसियाले पुनः नाका बन्द गर्ने-Sutra News

कोरोना: इन्डोनेसियाले पुनः नाका बन्द गर्ने

सोमबार, १३ पौस २०७७

सोमबार, १३ पौस २०७७

इन्डोनेसिया- इन्डोनेसियाले पनि पुनः नाका बन्दको घोषणा गरेको छ । नाकाहरूलाई अस्थायीरूपमा बन्द गर्ने यो निर्णय यही जनवरी १ देखि १४ सम्म लागु हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।



विभिन्न देशमा नयाँ प्रकारको कोरोना भाइरस फैलिन थालेपछि इन्डोनेसियाले फेरि नाकाहरू बन्द गर्न लागेको हो ।

मन्त्रीपरिषद्को बेठकपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्री रेत्नो मर्सुदीले विदेशबाट आउनेहरूलाई स्वदेश प्रवेशका लागि निषेध गर्न लागिएको जानकारी दिए ।

विदेशका मन्त्री वा सोभन्दा उच्च ओहोदाका व्यक्तिलाई भने कडा मापदण्ड पालना गरेर मात्र आउने व्यवस्था गर्न सकिने उनले स्पष्ट पारे ।

सोमबारदेखि यही डिसेम्बर ३१ तारिखसम्म इन्डोनेसिया आउन लागेकाहरूलाई कोरोना संक्रमण नभएको रिपोर्ट देखाएर आउन पाउने व्यवस्था गरिएको छ । सो रिपोर्ट भने पछिल्लो ४८ घण्टाभन्दा पहिलाको हुनु पर्ने पनि सर्त राखिएको छ ।

संक्रमणमुक्त रहेको रिपोर्ट देखाउन नसक्नेलाई प्रवेश गर्न नदिन सरकारी अधिकारीहरूलाई कडा निर्देशन समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट