प्रतिनिधिसभा विघटनविरूद्ध नेकपाको दाहाल-नेपाल समूह फेरि सडकमा-Sutra News

प्रतिनिधिसभा विघटनविरूद्ध नेकपाको दाहाल-नेपाल समूह फेरि सडकमा

मंगलबार, १४ पौस २०७७

मंगलबार, १४ पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूह प्रतिनिधिसभा विघटनविरूद्ध सडक संघर्षमा उत्रिएका छन् । पार्टीको आन्तरिक विवादमा जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तवरले भंग गरिएको भन्दै दाहाल-नेपाल समूहले आज देशव्यापी प्रदर्शन गर्दैछ ।



सो समूहले काठमाडौंमा मात्रै ५० हजार कार्यकर्ता उतार्ने तयारी स्वरूप टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलूस केन्द्रीय नेताहरूकै नेतृत्वमा जुलुस निकाल्दै छ।

ती क्षेत्रको जुलुसको संयोजन स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई र अमृतकुमार बोहराले गरेका छन् ।

ती जुलुस काठमाडौंको भृकुटीमण्डमा पुगेपछि मध्याह्न १२ बजे हुने सभालाई सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ ।

१० पुसमा पनि सो समूहले प्रदर्शन गरेको थियो । ५ पुसमा सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ मा चुनाव घोषणा गरेकी थिइन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट