काठमाडाैं- देशमा बढ्दै गएको अनियमितता, अराजकता, भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको विकल्प नभएको ठहर गर्दै राप्रपाले पुस १७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।
परिवर्तनको मार्गचित्र नै गलत भएकोले त्यसलाई सच्याएर हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र र संघियताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको स्थापना गर्न आन्दोलन अपरिहार्य रहेको राप्रपाले निष्कर्ष निकालेको हो ।
केही दिनअघि काठमाडौंमा सम्पन्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले लिएका एजेण्डा हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र पुनःस्थापना गर्न र सहज रुपमा सबै अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको निर्णय गरेको थियो ।
पौष १७ गते ११:३० बजे काठमाडौं, भृकुटीमण्डप जाऔं
राष्ट्रवादी आन्दोलनमा एक्यवद्धता जनाऔं pic.twitter.com/VeBXdlXc77— Kamal Thapa (@KTnepal) December 29, 2020