बालुवाटारमा सूर्य चिन्ह छैन, हामी जहाँ छौं त्यहीं चिन्ह छः माधव नेपाल-Sutra News

बालुवाटारमा सूर्य चिन्ह छैन, हामी जहाँ छौं त्यहीं चिन्ह छः माधव नेपाल

मंगलबार, १४ पौस २०७७

मंगलबार, १४ पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूह का अध्यक्ष माधवकुमार नेपालले निरंकुश शैली अपनाएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने समय सकिएको बताएका छन् ।



काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘राजतन्त्र विरोधी आन्दोलनका क्रममा पनि मैले भनेको थिएँ । नेपालमा राजतन्त्र तानाशाहा भयो अब राजतन्त्रको आयु सकियो । आज पनि म यो विशाल सभालाई सम्बोधन गर्दै भन्छु निरंकुश शैली अपनाएकाले प्रधानमन्त्री केपी ओलीको पनि नेतृत्व गर्ने आयू अब सकियो ।’

प्रधानमन्त्री ओलीले एकपछि अर्को अलोकतान्त्रिक कदम चालेको बताउँदै नेता नेपालले जनमतविरुद्ध लागेकाले नेपाली जनता सडकमा उत्रिएको बताए ।

त्यसैगरी नेता नेपालले चुनाव चिन्ह सूर्य आफूहरूकै भएको दाबी गरेका छन् । चुनाव चिन्हप्रति प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पनि दावी गरिरहेका बेला नेता नेपालले सो कुरा बताएका हुन् । उनले भने, ‘बालुवाटारमा सूर्य चिन्ह छैन, हामी जहाँ छौं त्यहीं सूर्य चिन्ह छ ।’

वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले गएको तीन वर्ष गफ मात्रै हाँकेर बिताएको बताए । ‘उहाँले तीन वर्ष गफैगाफ हाँकेर बिताउनुभयो,’ खनालले भने । 

‘कहिले पानीजहाज ल्याउने गफ हाँक्नुभयो, घरघरमा ग्यास ल्याउने भन्नुभयो । खोइ घरघरमा ग्यास ?’ खनालले भने, ‘यो तीन वर्ष खेर गयो । उहाँले तीन वर्षमा मरिचमानले गरेजति पनि गर्न सक्नुभएन । नगेन्द्रप्रसाद रिजालले गरेजति काम पनि गर्न सकेनन् ।’

प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्ध सबै मिलेर संयुक्त संघर्षमा जान आह्वान गरे ।  नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि सरकारको कदमविरुद्ध सडकमै भएकाले सँगै मिलेर संघर्षमा जान उनले आह्वान पनि गरे ।

उनले प्रतिगतमन विरुद्ध भएको संघर्ष संसद पुर्नस्थापना र प्रतिगमन नसच्चिएसम्म जारी रहने दृढता व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट