मंगलबार थप ७०८ मा कोरोना, निको ७३१ भए-Sutra News

मंगलबार थप ७०८ मा कोरोना, निको ७३१ भए

मंगलबार, १४ पौस २०७७

मंगलबार, १४ पौस २०७७

काठमाडाैं- पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा कोरोना पुष्टि भएको हो ।



यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा  ७३१ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ ।

त्यस्तै, यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट