राष्ट्रपति र प्रधानमन्त्रीलाई संकेत गर्दै प्रचण्डले भने- दुईजना मिलेर संसद्को हत्या गर्न मिल्छ ?-Sutra News

राष्ट्रपति र प्रधानमन्त्रीलाई संकेत गर्दै प्रचण्डले भने- दुईजना मिलेर संसद्को हत्या गर्न मिल्छ ?

मंगलबार, १४ पौस २०७७

मंगलबार, १४ पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल कम्युनिस्ट पार्टी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले मात्रै संसद् विघटन गर्न नमिल्ने बताएका छन् ।



नेकपाले संसद् विघटनका विरुद्धमा काठमाडौंमा आयोजना गरेको विरोधसभामा प्रचण्डले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संसद्सँगै लोकतन्त्रको हत्या गर्न खोजेको बताएका हुन् ।

‘सदनलाई दुई जना व्यक्तिले हत्या गर्न मिल्छ ? मिल्दैन, जरुरी परे योभन्दा अलि कडा, कठोर संघर्षमा जानुपर्छ, तपाईहरू (भण्डारी–ओली) ले जे गर्नुछ, गर्नुस्, हामी जनताका बीचमा गयौं, ओली प्रतिगमनकारी, हामी क्रान्तिकारी भयौं, उहाँलाई धन्यवाद,’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट