कार्यकर्तालाई भीम रावलको निर्देशन- हाम्रो पक्षमा जनता छन्, विश्वासका साथ अगाडि बढ्नुहोला-Sutra News

कार्यकर्तालाई भीम रावलको निर्देशन- हाम्रो पक्षमा जनता छन्, विश्वासका साथ अगाडि बढ्नुहोला

मंगलबार, १४ पौस २०७७

मंगलबार, १४ पौस २०७७

काठमाडौं- नेकपाका नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताएका छन ।आज प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको बताए ।



नेता रावलले दृढ अठोटका साथ अविलचित भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले  नेकपाको बहुमत सचिवालय, बहुमत स्थायी कमिटी रहेको जिकिर गरे ।

नेता रावलले भने, ‘केन्द्रीय कमिटी मात्र नभई सातै प्रदेशका अत्यधिक कार्यकर्ता र जनता पनि छन्, विश्वासका साथ अगाडि बढ्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट