ब्राजिलको बेरोजगार दर १४.३ प्रतिशत-Sutra News

ब्राजिलको बेरोजगार दर १४.३ प्रतिशत

मंगलबार, १४ पौस २०७७

मंगलबार, १४ पौस २०७७

रियो दि जेनेरियो- कोरोना भाइरस महामारीको कारण संकुचित बनेको ब्राजिलको बेरोजगारी दर थोरै घटेर १४.३ प्रतिशत पुगेको मंगलबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ । ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्थामा अगस्ट–अक्टोबरको अवधिमा अघिल्लो त्रैमासिक तुलनामा ०.३ अंकले घटेको हो ।



ब्राजिलले तीन महिनाको अवधिमा बेरोजगार तथ्यांक मापन गरी सार्वजनिक गरेको तथ्यांकमा नौ पटकसम्मको बेरोजगारी दरमा आएको प्रत्यक्ष कमीले लामो समयपछि पहिलोपटक ब्राजिलको अर्थतन्त्रमा सुधारको संकेत गरेको छ ।

ब्राजिलमा अहिले उक करोड ४१ लाख मानिस बेरोजगार रहेका तथ्यांकबारे लेखा राख्ने सरकारी निकाय आईबीजीईले जनाएको छ ।

यो एक बर्ष पहिलेभन्दा १७ लाख बढी हो । एक वर्ष पहिले सोही अवधिमा ब्राजिलको बेरोजगारी दर ११।६ प्रतिशत थियो । ब्राजिल कोभिड–१९ को महामारीका कारण प्रभावित हुने विश्वकै दोस्रो मुलुक हो । बढी प्रभावित मुलुक अमेरिकापछि ब्राजिलमा एक लाख ९१ हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमितको यो वर्ष मृत्यु भइसकेको छ ।

ब्राजिल सरकारले यो वर्षको अर्थव्यवस्था ४.५ प्रतिशतले संककुचित हुने प्रक्षेपण गरेको छ । यो वर्ष स्वास्थ्य संकटको कारण यो मन्दीमा पर्यो तर तेस्रो त्रैमासिकमा ब्राजिलको कुल गार्हस्थ उत्पादन ७.७ कायम भएको छ ।

ब्राजिलको ६ करोड गरिब जनसंख्यालाई महामारीका समय धान्नु र रोगको व्यवस्थापन गर्नु ब्राजिलका लागि निकै चुनौतीको विषय रहेपनि ब्राजिलले अर्थतन्त्रलाई सुधारको दिशातिर उन्मुख गर्नसकेकोमा विश्व समुदायले ब्राजिलको प्रशंसा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट