काठमाडौं- भारतले प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । नेपालसहितका मुलुकमा साढे तीन महिनादेखि लगाउँदै आएको प्रतिबन्ध हटाएको हो ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वाह्य व्यापार विभागले सोमबार प्रतिबन्ध हटाउने निर्णय गरेको हाे । निर्णयको कार्यान्वयन भने जनवरी २०२१ बाट लागू हुने जनाइएको छ ।
गत भदौ २९ गतेबाट भारतले प्याज निर्यातमा रोक लगाएको कारोबार दैनिकमा प्रकाशित छ ।