काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नेपालगञ्जका तत्कालीन प्रबन्धक ललितबहादुर शाहीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गराएको छ ।
शाखा कार्यालयबाट कर्मचारी र धितो मूल्याङ्कनकर्ता समेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाई ऋण प्रवाह गरी भ्रष्टाचार भएको आरोप लगाउँदै मंगलबार विशेष अदालतमा मुद्धा दायर गरिएको हो ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार मुद्धा दायर गरिएको सात जनाविरुद्ध जनही सवा करोड रुपैयाँ बिगो दाबी गरिएको छ भने एक जनाविरुद्ध ७५ लाख रुपैयाँ बिगो दाबी गरिएको गोरखापत्रमा प्रकाशित छ ।