मन्त्रिपरिषद् विस्तारविरूद्ध रिटमा सुनुवाइ स्थगित-Sutra News

मन्त्रिपरिषद् विस्तारविरूद्ध रिटमा सुनुवाइ स्थगित

बुधबार, १५ पौस २०७७

बुधबार, १५ पौस २०७७

काठमाडाैं- प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । रिटमाथिको सुनुवाइ भोलिलाई तोकिएको रिट निवेदक अधिवक्ता लोकन्द्र ओलीले बताए । ‘आज हेर्न नभ्याउने भएपछि सुनुवाइ भोलि हुने भएको छ’, उनले भने । 



गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गरेका थिए । उक्त रिटको पेशी आजको लागि तोकिएको थियो ।

प्रधानमन्त्रीले संसद विघटन गरेपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीले राजीनामा दिएका थिए । त्यसपछि रिक्त पदमा प्रधानमन्त्रीले पुस १० मन्त्री थपेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट