काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध बृहत नागरिक समूहले बुधबार काठमाडौंको माइतीघरमा पञ्चेबाजासहित प्रदर्शन गरेको छ ।कार्यक्रममा बौद्धिक व्यक्तित्व, लेखक, कवि, कलाकार एवम् नागरिक अगुवाहरू सहभागी भएका थिए । बृहत् नागरिक आन्दोलनले समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक ठहर गर्दै विरोध प्रदर्शन सुरु गरेको हो ।