खोप लगाएको एकहप्तामै अमेरिकी नर्समा कोरोना-Sutra News

खोप लगाएको एकहप्तामै अमेरिकी नर्समा कोरोना

बुधबार, १५ पौस २०७७

बुधबार, १५ पौस २०७७

अमेरिका-अमेरिकामा यसै महिनादेखि कोरोनाविरद्धको खोप लगाउन सुरुवात गरिएको छ । फाइजर-बायोएनटेक तथा मोडेर्नाको खोप भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित सावित भएको बताउँदै अमेरिकामा यी दुई खोपले प्रयोगका लागि अनुमति पाएका हुन् ।



यद्यपी अमेरिकी क्यालिफोर्नियाको एक पुरुष नर्समा फाइजरको खोप प्रयोग गरेको एकहप्तामै कोरोना भाइरसको संक्रमण भएको छ ।एबीसी न्युजका अनुसार क्रिसमसको अघिल्लो दिनदेखि बिरामी परेपछि उनले कोरोना परीक्षण गराएका थिए । सो क्रममा उनमा कोरोना देखिएको हो ।

खोप लगाएको व्यक्तिमा फेरि कोरोना देखिएको खबरसँगै मानिसहरू दोधारमा परेका छन् । सरुवा रोग विशेषज्ञ क्रिस्टियन र्यामर्सका अनुसार फाइजर खोपको पहिलो डोजले ५० प्रतिशत सुरक्षा प्रदान गर्दछ भने दोस्रो डोजपछि हाम्रो शरीर कोरोनाविरुद्ध ९५ प्रतिशत कोरोना प्रतिरोधी हुन्छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट