काठमाडौं- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
विभिन्न रोगबाट पीडित दाहाललाई आज बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी गंगा दाहालले फेसबुकमार्फत् जानकारी दिएकी छिन् ।
गंगाले अस्पतालमा उपचार गराइरहेको विभिन्न तस्बिरहरु पनि सार्वजनिक गरेकी छिन् । ‘मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी’ उनले लेखेकी छिन् ।