पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, १५ पौस २०७७

बुधबार, १५ पौस २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसमेत हालसम्म देशभर संक्रमित हुनेको संख्या दुई लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



यो अवधिमा ६०० जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा दुई लाख ५१ हजार ९१२ जना संक्रमणमुक्त भइसकेका छन् । अहिले सक्रिय संक्रमित भने ६३०० जना रहेका छन् ।

संक्रमितमध्ये गम्भीर रहेका २१७ जनको आइसियूमा र ३७ जनाको भेन्टिलेरमा उपचार भइरहेको मन्त्रायका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । कोरोना संक्रमण भएका थप सातजनाको पछिल्लो २४ घण्टाभित्र मृत्यु भएको छ ।

योसमेत हालसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या १८४७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट