काठमाडाैं- प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश अब पछाडि नपर्ने बताएका छन् । मंगलबार उपत्यकमा उपलब्ध सुदूरपश्चिम प्रदेश स्तरीय बृहद् कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले आफूले सुदूरपश्चिमबाट ४ जना मन्त्री बनाएको बताए । उनले सुदूरपश्चिम प्रदेश मन्त्रीहरुको धनी प्रदेश भएको बताए ।
‘सुदूरपश्चिम अब पछाडि पर्दैन, हामीले मार्ग समाएका छौ, शिक्षा, स्वास्थ्य र सामाजिक जागरणका क्षेत्रमा’, उनले भने, ‘मैले चाहेर सुदूरका ४ जना मन्त्री बनाए । यो अवस्था ल्याउन केही मान्छे यात्राको डुंगा चड्न मान्नु भएन छुट्नु भयो ।’
प्रधानमन्त्री ओलीले यसो भन्दै गर्दा मञ्चमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय सरकारका चार मन्त्रीहरु लेखराज भट्ट, गौरीशंकर चौधरी, गणेश ठगुन्ना र प्रेम आले थिए । उनले समयको डुंगा अगाडि बढीसकेको भन्दै चढ्न नमान्नेहरु पछाडि परेको बताए ।
त्यसैगरी उनले प्रचण्डसँग सम्झौता गर्दा-गर्दा हैरान भएको पनि बताए । ‘कति सम्झौता गर्ने ? मेरो एउटा ब्रिफकेस नै प्रचण्डसँगका सम्झौताले भरिएको छ,’ ओलीले भने ।