काठमाडौंको तापक्रम शून्य-Sutra News

काठमाडौंको तापक्रम शून्य

बिहिबार, १६ पौस २०७७

बिहिबार, १६ पौस २०७७

काठमाडौ- काठमाडौंको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ ।  काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौंसहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । 



जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो । काठमाडौं उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । 

‘उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै  छ’, मौसमविद् प्रधानाङ्गले भने ।  मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट