काठमाडाैं- प्रचण्ड–नेपाल समूहले नेकपा प्रदेश १ को दलको नेताबाट हटाएका मुख्यमन्त्री शेरधन राईले सो समूहका १५ सांसदलाई निलम्बन गरेका छन् । दलको नेतालाई थाहै नदिइ मुख्यमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको, पत्रमा हस्ताक्षर गरेको भन्दै १५ सांसदलाई तीन महिनाका लागि निलम्बन गरेको मुख्यमन्त्री राईले जानकारी दिए ।
राईले दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको र जवाफ नदिएपछि कारबाही गरेको राईले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएका छन् ।
निलम्बनमा पर्नेमा प्रदेश सांसद् भीमप्रसाद आर्चाय, जीवन घिमिरे, इन्द्रबहादुर आङबो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लीलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धीरेन्द्र शर्मा, टंक आङबुहाङ लिम्बु र कुसुम कुमारी श्रेष्ठ रहेका छन् ।