भारतमा कोरोनाको नयाँ स्वरुपका पाँचजना संक्रमित थपिए, संक्रमित संख्या २५ पुगे-Sutra News

भारतमा कोरोनाको नयाँ स्वरुपका पाँचजना संक्रमित थपिए, संक्रमित संख्या २५ पुगे

बिहिबार, १६ पौस २०७७

बिहिबार, १६ पौस २०७७

भारत- भारतमा कोभिड १९ का नयाँ स्वरुपका संक्रमितहरु भेटिएको बताइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हालैमात्र पाँच जना नयाँ संक्रमित भेटिएको समाचारमा जनाइएको छ । योसँगै भारतमा कोभिडका नयाँ संक्रमितहरुको संख्या कम्तीमा पनि २५ जना पुगेको समाचारमा जनाइएको छ ।



उनीहरुलाई स्वास्थ्य सुविधा रहेको आइसोलेसन वार्डमा राखिएको बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

कोेभिड १९ को यो नयाँ स्वरुपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको हो । बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन् ।

भारत सरकारले पनि गत हप्तामात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई उड्ययनमा प्रतिबन्ध लगाएको बताएको थियो । यसअघि र यो पछिल्लो पटक देखिएका यी संक्रमितहरुका बारेमा भने भारतले केही सूचना दिएको छैन । उनीहरुलाई सरकारले नै स्वास्थ्यकर्मीहरुको सहयोगमा आइसोलेसनमा राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट