काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई खिया लागेको नट र बल्टुको संज्ञा दिएका छन् ।
काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल हुने अवस्थामा पुगेको बताए । ‘समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुईवटा नटबोल्ट फेर्दा गाडी अगाडि बढ्याे,’ उनले भने ।
‘हामीले फेरेको पनि होइन, आफैं फुक्लिएर गयो नटबल्टु’ उनले भने, ‘खिया लागेको दुइ वटा नटबल्टु के खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि बढ्न थाल्यो ।’
प्रधानमन्त्री ओलीले अर्का समूहले असली हामी हौं भनेर निवेदन हालेको भनेर निर्वाचन आयोगबाट शुक्रबार एउटा पत्र प्राप्त भएको बताए । उनले प्रश्न गरे, ‘असली र नक्कली भन्न यो बरमझियाको बुढाको पेडा पसल हो ?’
जसको घर हो, उ मेरो घर हो भनेर निवेदन हाल्न नजाने उनले बताए । ओलीले भने, ‘हामीले बनाएको हो पार्टी, हामी निवेदन हाल्न जान जरुरी छैन । भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?’
आफूहरू आधिकारिक भएको दाबी गर्दै उनले अहिले पनि प्रचण्डलाई अध्यक्ष, माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेको बताए । ‘अरु पनि केही साथीहरू ओलीले प्रचण्ड-माधव समूहले घोषणा गरेको आन्दोलनप्रति समेत उनले व्यंग्य गरे । अलि-अलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्छ भन्दै उनले भने, ‘उहाँहरूको हालत त्योभन्दा बढ्ता हुने वाला छैन ।