काठमाडौं- कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पुस ५ मा प्रतिनिधिसभा विघटनपछि सडक संघर्ष कि चुनाव भन्नेमा विभाजित कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आज पनि सडक संघर्षमा जान दबाब दिने भएको छ ।
तर, सभापति शेरवहादुर देउवा पक्षधर भने सर्वोच्च अदालतमा विचाराधिक उक्त मुद्दाको छिनोफानो भएपछि मात्रै आवश्यक रणनीति बनाउने तयारीमा छ ।
अदालतमा विचाराधिन मुद्दालाई प्रभावित हुने गरी कांग्रेस संघर्षमा नउत्रने र अदालतको आदेशलाई मानेर कांग्रेस अघि बढ्ने देउवाले यसअघि नै बताइसकेका छन् ।
प्रतिनिधिसभा विघटन गरेपछि गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय समिति बैठक पुस १० मा स्थगित गरिएको बैठक आज फेरि बस्न लागेको हो ।