लहान- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले संघीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन आइपुगेका उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र संघीयता समाप्त हुने अवस्थामा पुगेका आरोप लगाए ।
संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिइ सडकमा आएको उनको भनाइ थियो ।