काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गणतान्त्रिक व्यवस्थामा नै आगो लगाएको बताएका छन् । प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक घटनाक्रमका विषयमा आइतबार टिप्पणी गर्दै डा.भट्टराईले सो कुरा बताएका हुन् ।
ट्वीटरमा लेख्दै डा.भट्टराईले एक आर्किटेक्टको अनुभूति भन्दै जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइएको र सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजनासमेत रहेको बताएका छन् ।
राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएको पनि डा.भट्टराईले बताएका छन् । केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिएको उल्लेख गर्दै डा.भट्टराईले छिमेकी रमिते बनेको बताएका छन् ।
एक आर्किटेक्टको अनुभूति:जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो!सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो।केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए!केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन्।छिमेकी रमिते! ळौन आगो निभाऊॅ!
— Baburam Bhattarai (@brb1954) January 3, 2021