यो समूहले संसद पुनर्स्थापना र नेकपाको वैधानिकताको लागि दबावमुलुक संघर्षको कार्यक्रम गरिरहेको छ ।
काठमाडौं- नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा केहीबेर अगाडि बैठक सुरु भएको हो ।
पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो । त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको यो समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ ।
यो समूहले संसद पुनर्स्थापना र नेकपाको वैधानिकताको लागि दबावमुलुक संघर्षको कार्यक्रम गरिरहेको छ ।