पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमित थपिए, ६३७ जना डिस्चार्ज-Sutra News

पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमित थपिए, ६३७ जना डिस्चार्ज

आइतबार, १९ पौस २०७७

आइतबार, १९ पौस २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ६ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।



हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ । हाल देशभर ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् भने गत २४ घण्टामा ५ हजार ८०० पीसीआर परीक्षण भएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं  उपत्यकामा थप १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १६०, भक्तपुरमा ११ र ललितपुरमा २६ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर १९९ जना कोरोना संक्रमितको आईसीयुमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट