प्रतिनिधिसभा विघटन: कांग्रेसले ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने-Sutra News

प्रतिनिधिसभा विघटन: कांग्रेसले ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने

आइतबार, १९ पौस २०७७

आइतबार, १९ पौस २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध सबै स्थानीय तह र प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ ।



पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय आइतबार बसेको केन्द्रीय समितिको बैठकले गरेको छ । बैठकले माघ ३ गते नगररगाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।  

प्रतिनिधिसभा विघटनको विरुद्धमा देशव्यापी विरोध प्रर्दशन गर्ने प्रस्ताव बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट