बेलायतमा विद्यालय खोल्ने तयारी गरिँदै-Sutra News

बेलायतमा विद्यालय खोल्ने तयारी गरिँदै

आइतबार, १९ पौस २०७७

आइतबार, १९ पौस २०७७

बेलायत- कोरोना भाइरस संक्रमणका घटनामा वृद्धि भएपछि विश्वव्यापी समस्या बनेको कोभिड–१९ सँगको प्रतिरोधी कदमका रूपमा कडा प्रतिबन्धात्मक नियमलाई लागु गर्नुपर्ने हुनसक्ने कुरा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आइतबार बताएका छन् ।



यद्यपि हाल बेलायती विद्यालय सञ्चालनका लागि समस्या नभएको भन्दै क्रिसमसपछि आफ्ना नानीबाबुहरूलाई विद्यालय पठाउन प्रधानमन्त्री जोनसनले आग्रह गरे ।

विद्यालय खोल्नुहुन्छ कि हुँदैन भन्ने विषयमा विगतमा जोनसन र सत्ताधारी दलकै कतिपय नेताहरूमा विवाद उत्पन्न भएपनि अहिले विद्यालय सञ्चालन गर्न सकिनेमा धेरैजसो सहमति नजिक रहेका छन् ।

‘हामीले आउँदो केही हप्ताहरूमा देशको धेरै भागहरूमा कडा प्रतिबन्धात्मक नियमहरू लगाउन आवश्यक पर्नसक्छ,’ जोनसनले बीबीसीको द एन्ड्र्यू मारको कार्यक्रममा भने, ‘म सम्पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्नेमा सहमत बनेको छु ।’

विद्यालयहरू लामो समयदेखि बन्द रहँदा सुन्दर भविष्यको कल्पना गरी विद्यालय जाने लाखौँ विद्यार्थीको पढाइमा समस्या भएको बताउँदै प्रधानमन्त्री जोनसनले अभिभावकहरूलाई आग्रह गरे, ‘तपाइहरूले क्रिसमसपछि खुला गरिने विद्यालयमा आफ्ना नानीबाबुहरूलाई पठाएर सहयोग गर्नुपर्छ ।’

बेलायतले शनिबार २४ घण्टाको समयमा ५७ हजार ७२५ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको जनाएको छ ।

विद्यार्थीहरू लामो समय विद्यालयबाट टाढा रहँदा बालबालिकाको प्रगतिमा दीर्घकालीन प्रभाब पर्ने शिक्षाविदहरूको तर्क रहेको प्रधानमन्त्री जोनसनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट