पत्नीको उपचार गर्न प्रचण्ड आज भारत जाँदै-Sutra News

पत्नीको उपचार गर्न प्रचण्ड आज भारत जाँदै

सोमबार, २० पौस २०७७

सोमबार, २० पौस २०७७

काठमाडौं- पत्नी सीता दाहालको स्वास्थ्य थप जटिल बन्दै गएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) थप उपचार गराउन भारत जाने भएका छन् । सीताको मुम्बईमा उपचार गराउन प्रचण्डले लिएर जान लागेको प्रचण्ड सचिवालयले जनाएको छ ।



आज ११ बजे सीतालाई लिएर प्रचण्ड मुम्बई जानेछन् । तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी सीतालाई थप उपचारका लागि मुम्बई लैजान लागेको हो ।

सीताको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट