पत्नी सीताको उपचारका लागि प्रचण्ड गए भारत-Sutra News

पत्नी सीताको उपचारका लागि प्रचण्ड गए भारत

सोमबार, २० पौस २०७७

सोमबार, २० पौस २०७७

काठमाडौं- पत्नी सीता दाहालको स्थास्थ्यमा समस्या भएसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) उनको उपचारका लागि भारत गएका छन् । प्रचण्ड पत्नीको उपचारका लागि आज बिहान ११:३० मा भारतको मुम्बईतर्फ लागेका हुन् ।



आइतबारको नेकपा (प्रचण्ड–नेपाल) समूहको स्थायी समिति बैठक प्रचण्डले पत्नी सीतालाई थप उपचारका लागि भारत लैजानुपर्ने भएको जानकारी दिएको थियो ।

पत्नी सीता वंशानुगत पार्किन्सन जस्तै देखिने रोगबाट लामो समयदेखि ग्रसित छिन् । गत बुधबार उनको स्वास्थ्यमा समस्या देखिएपछि मेडीसिटी अस्पताल भर्ना गरिएको थियो ।

मुम्बईस्थित कुन अस्पतालमा उनको उपचार हुने भन्ने बारेमा भने केही खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट