प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी-Sutra News

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

सोमबार, २० पौस २०७७

सोमबार, २० पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको (दाहाल-नेपाल) समूहको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । पत्नी सीता दाहालको उपचार गर्न मुम्बई गएपछि प्रचण्ड बैठकमा सहभागी भएका छैनन् । 



उनले आइतबारको बैठकमा नै पत्नी सीता दाहालको थप उपचारका लागि भारतको मुम्बई जानुपर्ने भएकाले आजको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । 

प्रतिनिधिसभा विघटनको कदमविरुद्ध शनिबार दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको यो समूहले आइतबारको बैठकबाट अध्यक्ष नेपालको संयोजकत्वमा पार्टी एकताका बाँकी काम पूरा गर्न र विभिन्न तहमा पदाधिकारी चयन गर्नका लागि दश सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा स्थायी कमिटी सदस्यहरू गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, वेदुराम भुसाल र सुरेन्द्र पाण्डे छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट