सस्तो र प्रभावकारी खोप आएपछि बेलायती खुसी-Sutra News

सस्तो र प्रभावकारी खोप आएपछि बेलायती खुसी

सोमबार, २० पौस २०७७

सोमबार, २० पौस २०७७

बेलायत- बेलायतले सस्तो र फ्रिजको तापक्रममा राख्न सकिने गरी निर्माण भएको कोरोनाविरुद्धको खोपको प्रयोगमा अनुमति दिएको छ । एस्ट्राजेनिका र अक्सफोर्डले संयुक्त रुपमा निर्माण गरेको यस खोप सोमबारदेखि बेलायतमा लगाउन सुरु गरिने रोयटर्सले जनाएको छ ।



यस खोप ७० प्रतिशत प्रभावकारी भएको बताइएको छ । सामान्य फ्रिजको तापक्रममा राख्न सकिनु र सस्तो भएका कारण यस खोपको आगमनसँगै यतिबेला सबै खुसी भएका छन् ।

यसअघि बेलायलते फाइजर-बायोएनटेकको खोप प्रयोगमा स्वीकृति दिएको थियो । उक्त खोपको प्रतिडोज मूल्य १८.४० देखि १९.५० अमेरिकी डलर रहेको बताइएको छ ।

एस्ट्राजेनिका र अक्सफोर्डको खोप फाइजर-बायोएनटेकको भन्दा सस्तो छ । सोमबार ६ वटा अस्पतालले यस खोप मानिसहरुमा प्रयोग गर्नेछ। पहिलो चरणमा ५ लाख ३० हजार डोज खोप प्रयोग गर्न लागिएको बताइएको छ ।

त्यसपछि अन्य सयौं स्थानमा यस खोप प्रयोगका लागि खुला हुनेछ । आगामी महिनाभित्रै करोडौं डोज खोप उपलब्ध हुने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट