राप्रपानिकट ट्रेड युनियनको महाधिवेशन चैत ६ र ७ गते काठमाडौंमा हुने-Sutra News

राप्रपानिकट ट्रेड युनियनको महाधिवेशन चैत ६ र ७ गते काठमाडौंमा हुने

सोमबार, २० पौस २०७७

सोमबार, २० पौस २०७७

काठमाडौं- राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को केन्द्रीय महाधिवेशन चैत्र ६ र ७ गते काठमाडौंमा हुने भएको छ ।



महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा सोमबार सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले चैतको पहिलो हप्ता केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशन तयारीको लागि ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का कोषाध्यक्ष सस्मिता सुवेदीको संयोजकत्वमा आर्थिक समिति, शिक्षक परिषदका अध्यक्ष यादवराज पाण्डेको संयोजकत्वमा निर्वाचन समिति, टुकोनका अध्यक्ष हिक्मतजंग भण्डारीको संयोजकत्वमा विधान संशोधन समिति, उपाध्यक्ष उत्तमराज उपाध्यायको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समितिको गठन गरेर ट्रेड युनियन महासंघ नेपाल (टुकोन) महाधिवेशनमा होमिएको हो ।

युवा तथा स्वरोजगारहरुको संगठनलाई ध्यानमा राख्दै ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले युवाहरुको संगठन समेत निर्माण गरेको छ । केन्द्रीय समितिको बैठकले अर्जुन आचार्यको संयोजकत्वमा टुकोन युथ काउन्सिल गठन गर्दै युवाहरुलाई समेट्न खोजेको महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीले बताए । 

आगामी महाधिवेशनलाई मध्यनजर गर्दै टुकोनले पुस २४ गते ५ नं. प्रदेशको प्रदेशस्तरीय भेला बाँकेको नेपालगन्जमा गर्ने भएको छ भने अन्य प्रदेशमा चाँडै भेलाको आयोजना गरिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट