अलिबाबा समूहका मालिक ज्याक मा दुई महिनादेखि बेखबर-Sutra News

अलिबाबा समूहका मालिक ज्याक मा दुई महिनादेखि बेखबर

सोमबार, २० पौस २०७७

सोमबार, २० पौस २०७७

काठमाडौं- पछिल्ला दुई महिनादेखि सार्वजनिक रुपमा नदेखिएका अलिबाबाका संस्थापक तथा चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका गरिएको छ ।



अक्टोबर २४, २०२० मा चीनको वित्तीय पर्यवेक्षण प्रणालीको आलोचना गरेपछि उनी विवादमा परेका थिए । यसपछि हालसम्म उनी कतै देखिएका छैनन ।  उनी अक्टुबर १० देखि ट्विटरमा पनि सक्रिय छैनन । 

बेलायती पब्लिकेशन द टेलिग्राफका अनुसार ज्याक मा आफ्नै एक ट्यालेन्ट सो अफ्रिकाज बिजनेस हिरोजको अन्तिम इपिसोडमा उपस्थित नभएपछि उनी हराएको आशंका गरिएको हो । उक्त शोमा उनलाई निर्णायक मण्डलको रुपमा छानिएको थियो ।

अलिबाबाका प्रवक्ताले बताएअनुसार संस्थापकले सेड्युलको द्वन्द्वको कारण ज्याक मा फिनाले फाइनल जज प्यानलमा सहभागी हुन नसकेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट