काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गतेबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्कासन गर्ने भएको छ ।
माघ २ बाट आईपीओ निष्कासन गर्ने र माघ मध्यसम्म बाँडफाँड गर्ने तयारी रहेको बैंकले जनाएको छ । सोहीअनुसार बैंकले पुस २१ गते मंगलबार सूचना प्रकाशित गर्ने तयारी गरेको छ ।
नेपाल धितोपत्र बोर्डले पुस १० गते आईपीओ निष्कासन अनुमति पाएको बैंकले नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट समेत स्वीकृत लिइसकेको छ ।
बैंकले बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आठ अर्ब रुपैयाँबराबरको ८ करोड कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ ।
मंसिर ३ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाबाट कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारित गरेको थियो ।