काठमाडौं- संवैधानिक विवादका लागि गठित ‘एमिकस क्युरी’ मा पहिलोपटक महिलालाई समावेश गरिएको छ ।
नेपालमा गठित ‘एमिकस क्युरी’ मा लैंगिकताका विषयमा राय चाहिए महिलालाई समावेश गरिने भए पनि संवैधानिक र देशकाे महत्वपूर्ण विषयमा पहिलोपल्ट महिलालाई समावेश गरिएको हो ।
सर्वोच्च बार एसोसिएसनबाट गीता पाठक संग्रौला ‘एमिकस क्युरी’ मा जाने तय भएको बताइएको छ । उनी ‘काठमान्डु स्कुल अफ ल’ मा मानव अधिकार विषयको प्राध्यापन गर्छिन् ।
यसअघि बारले खगेन्द्र अधिकारीको नाम चयन गरेको थियो । तर अधिकारीलाई कोरोना संक्रमण भएकाले उहाँको नाम चयन हुन नसकेको नयाँ पत्रिकामा प्रकाशित छ ।