साउदीले कतारमाथि लगाएको नाकाबन्दी हटायो-Sutra News

साउदीले कतारमाथि लगाएको नाकाबन्दी हटायो

मंगलबार, २१ पौस २०७७

मंगलबार, २१ पौस २०७७

दोहा- साउदी अरेबियाले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । साउदीले कतारको हवाई क्षेत्र, भूमि र समुद्री सीमा सोमबार मध्यरातिबाट खोल्न सहमति जनाएको कुवेतका विदेशमन्त्री शेख डा.अहमद नासेर अल मोहम्मद अल सबाहले जानकारी दिए ।



कुवेतका शासक अमीर शेख नवाफको प्रस्तावको आधारमा साउदी अरेबिया र कतारबीच हवाई क्षेत्र, भूमी र समुद्री सीमाना खोल्ने सहमति भएको कुवेती विदेश अल सबाहलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

साउदीले जुन २०१७ मा युएइ, बहराइन र इजिप्टसँग मिलेर कतारले आतंकवादको समर्थन गरेको, इरानसंग  नजीक भएको, आर्थिक र कूटनीतिक सम्बन्ध बिच्छेद गरेको आरोप लगाए लगाउदै यी देशहरुले कतारमाथि भूमी, समुद्री र हवाई प्रतिबन्धसहित नाकाबन्दी लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट