थप ५२२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु-Sutra News

थप ५२२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

मंगलबार, २१ पौस २०७७

मंगलबार, २१ पौस २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५७८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ ।



हाल देशभर ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घन्टामा ४ हजार ५ सय ५१ पीसीआर परीक्षण भएको छ ।यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १७१, भक्तपुरमा ८ र ललितपुरमा ५३ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार हाल देशभर २०३ जना कोरोना संक्रमितको आईसीयुमा र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट