आफैंंले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भयोः माधव नेपाल-Sutra News

आफैंंले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भयोः माधव नेपाल

मंगलबार, २१ पौस २०७७

मंगलबार, २१ पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफैंंले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताएका छन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो टिप्पणी गरेका हुन् ।



प्रधानमन्त्री ओलीले संसदमा विपक्षी पार्टीका नेताहरुलाई गरेका शब्दबाण सुनेर आफूलाई पोल्ने गरेकोसमेत बताए । यस्तै प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा देशभित्र र बाहिर कस्तो प्रभाव पार्छ भन्ने विचार नगरी बोल्ने प्रवृत्तिले आफूहरूलाई शीर निहुर्याएर बस्नुपर्ने अवस्थामा पुर्याएको समेत बताए ।

उनले भने, ‘संसदमा उहाँले विपक्षी पार्टीहरुसँग, विपक्षी नेताहरुसँग गरिएका शब्दबाँडहरु सुन्नुहोस् । त्यो ओहोदामा पुगेको र देशको अविभावक भएको प्रधानमन्त्रीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्ने कुरा विचार नगरिकन बोल्ने कुराले हामीलाई पोल्थ्यो । हामी टाउको उठाएर तालि बजाउने होइन शिर निहु¥याएर झोक्रिने अवस्था पैदा हुने गर्दथ्यो । किनभन्दा के गर्ने हामीले नै बोकेर ल्याएको नेता, मैले नै प्रस्तावित गरेको दलको नेता, मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अव घाँडो हुन पुग्नुभयो ।’

प्रधानमन्त्री ओलीले जनताका समस्यालाई बेवास्ता गरी देशमा भ्रष्टाचार मौलाउने काममा भूमिका खेलेर लोकतन्त्रको मूल्य मान्यतालाई कुल्चेर चल्ने कुरामा पार्टी भित्रबाट विरोध भएको बताए । जनताको हितमा काम नगर्ने तर भ्रष्ट्राचारलाई मौलाउने भूमिका खेल्ने प्रवृत्तिलाई सुधार्न पार्टीमा कुरा उठाएको पनि नेपालले बताए ।

उनले भने, ‘उहाँले आफूखुसी काम गरेर, जनताका समस्यालाई बेवास्ता गरेर, देशमा बेहाली ल्याएर, भ्रष्ट्राचारलाई मौलाउने काममा भूमिका खेलेर, सबै खालका लोकतन्त्रका मूल्य र मान्यतालाई कुल्चेर चल्ने कुरालाई पार्टी भित्रबाट विरोध भएकै हो । उहाँको अराजक, निरंकुश कार्यशैलिको विरोध गरिएकै हो तर पार्टीभित्र गरिएको हो ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट