वायु प्रदूषणको जोखिमबाट जोगिन यसो गरौं-Sutra News

वायु प्रदूषणको जोखिमबाट जोगिन यसो गरौं

बुधबार, २२ पौस २०७७

बुधबार, २२ पौस २०७७

काठमाडौं- वायु प्रदूषणले मुटुका साथै फोक्सोलाई बढी असर गर्ने विज्ञहरूले बताएका छन्  । उनीहरूले प्रदूषणबाट जोगिन मास्क प्रयोग गर्न सल्लाह दिएका छन् ।



विज्ञहरूका अनुसार प्रदूषणले सामान्यतया आँखा, नाक र वायु मार्गमा जलन उत्पन्न हुन्छ  ।

के गर्ने ?

सम्भव भएसम्म घरमै बस्ने

श्वास फेर्न असजिलो, खोकी, छातीमा समस्या, आँखा पोल्नेलगायत समस्या भए चिकित्सकसँग सम्पर्क गर्ने

फोक्सोसम्बन्धी रोग वा श्वास लिन समस्या भएकाहरुले औषधि साथमा राख्ने, प्रशस्त पानी पिउने

गमलामा बोटबिरूवा लगाउने जसले हावालाई सफा गर्न सघाउँछ

घरबाहिर निस्किँदा गुणस्तरीय मास्क लगाउने

के नगर्ने ?

बढी भीड र ट्राफिक भएको स्थानमा नजाने

बिहान र बेलुका नहिँड्ने

बिहान र बेलुका घरका झ्यालढोका नखोल्ने

डब्लूएचओको सल्लाह

व्यस्त सडकमा हिँड्ने समय सीमित गर्ने, साथमा बच्चा भए उसलाई गाडीको धूवाँ निस्किने ठाउँको उचाइभन्दा माथि हुने गरी बोक्ने

ट्राफिक हुने खास ठाउँ, ट्राफिक लाइटनजिक गाडी रोकिने ठाउँमा बढी समय नबिताउने

घरबाहिर शारीरिक गतिविधि गरिरहेको समय, कम प्रदूषित क्षेत्रमा व्यायाम गर्ने

अत्यधिक प्रदूषित दिनमा गाडीको उपयोग कम गर्ने

फोहोर पदार्थलाई नडढाउने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट