प्रतिनिधिसभा विघटन: लाल्टिन बालेर अनेरास्ववियूले गर्याे सरकारकाे विराेध-Sutra News

प्रतिनिधिसभा विघटन: लाल्टिन बालेर अनेरास्ववियूले गर्याे सरकारकाे विराेध

बुधबार, २२ पौस २०७७

बुधबार, २२ पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल (प्रचण्ड)-माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ । प्रचण्ड-माधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुश गरी सरकारले प्रतिनिधिसभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो ।



माइतीघर मण्डलाबाट विद्यार्थीहरुले बानेश्वरसम्म दिउँसै लाल्टिन बालेर जुलुश प्रर्दशन गरेका थिए । प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले नेपालको संविधानमा प्रतिनिधिसभा विघटनको कुनै पनि धारा नभएको बताए ।

प्रधानमन्त्रीलाई गल्तीको प्रायश्चित गर्ने र सच्याउने अवसर अझै भएको भन्दै कानूनसम्मत्, संविधान सम्मत् निर्णय सच्याउन उनले माग गरे । प्रतिनिधिसभा पुर्नस्थापना नभएसम्म अनेरास्ववियूले विरोधका विभिन्न कार्यक्रम जारी रहने बताए ।

विद्यार्थीहरुले ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’ भन्ने ब्यानर लिएर प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले ‘संसद विघटनको धारा खै, दिउँसै लाल्टिन बाल्यौँ है, ‘हामी अरु जान्दैनौँ, संसद विघटन मान्दैनौं’ लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट