काठमाडाैं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको बताएका छन् । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष डा.भट्टराईले साे कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओली पछिल्लो पटक भएको सबै परिवर्तनको विरोधी मान्छे भएको उनले आरोप लगाए । अध्यक्ष डा.भट्टराईले परिवर्तन विरोधी ओलीलाई नेकपाले कसरी यहाँसम्म ल्यायो भनेर प्रश्न गरेका छन् ।
‘केपी शर्मा ओली यो सबै परिवर्तनको विरोधी मान्छे हुन्’, उनले भने, ‘नेकपाका साथीलाई अन्यथा नपरोस्, तपाईंहरुले यस्तो मान्छेलाई कसरी यहाँसम्म बोकेर ल्याउनुभो ? हामीलाई बडो अचम्म लाग्छ ।’
उनले ओलीको झापा आन्दोलन र ४० को दशकमा अग्रगामी भूमिका रहे जेलबाट निस्केपछि परिवर्तनविरोधी भएको बताए ।