काम गर्न नसक्ने भन्दै सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा-Sutra News

काम गर्न नसक्ने भन्दै सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

बुधबार, २२ पौस २०७७

बुधबार, २२ पौस २०७७

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरे ।



विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट गरे ।उनी नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट