कोरोना ग्राफः थपिए ४०९ कोरोना संक्रमित, ४९५ निको, ६ को मृत्यु-Sutra News

कोरोना ग्राफः थपिए ४०९ कोरोना संक्रमित, ४९५ निको, ६ को मृत्यु

बुधबार, २२ पौस २०७७

बुधबार, २२ पौस २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ ।

हाल देशभर ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घन्टामा ६ हजार ७ सय ६ पीसीआर परीक्षण भएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९९ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट