किन घटे नेपालमा कोरोना संक्रमित ? सक्रिय संक्रमित पाँच हजार-Sutra News

किन घटे नेपालमा कोरोना संक्रमित ? सक्रिय संक्रमित पाँच हजार

बुधबार, २२ पौस २०७७

बुधबार, २२ पौस २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा पुष्टि भएका थप ४०९ सहित हालसम्म कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ६३ हजार १९३ पुगेको छ ।



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ७०६ नमूना परीक्षण गर्दा थप ४०९ जना कोरोना पुष्टि भएको हो । जसमा १४४ महिला र २६५ पुरुष छन् ।

कूल संक्रमितको संख्या दुई लाख ६३ हजार १९३ मध्ये दुई लाख ५६ हजार १६१ संक्रमणमुक्त भएका छन् ।देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार १३३ छ । तीमध्ये १६०८ जना होमआइसोलेसनमा छन् ।

एक सय ९७ को आइसियुमा उपचार भइरहेको छ । तीस जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कोरोना संक्रमणबाट हालसम्म एक हजार ८९९ को मृत्यु छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट