संकटकाल लगाउन अनेक तानाबाना बुनिएको सुनेको छु, सफल हुँदैन: माधव नेपाल-Sutra News

संकटकाल लगाउन अनेक तानाबाना बुनिएको सुनेको छु, सफल हुँदैन: माधव नेपाल

बुधबार, २२ पौस २०७७

बुधबार, २२ पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले देशमा पुरानो व्यवस्थाको पुर्नस्थापना हुन नदिने बताएका छन् ।



बुधबार आफ्नै पार्टीले आयोजना गरेको अनन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशमा संकटकाल लगाउने, अनेकखालका षडयन्त्र, तानाबाना बुनिएको सुनिरहेको भन्दै यस्ता षडयन्त्र सफल नुहने बताए । पुरानो व्यवस्थाको पुर्नस्थापना हुन्छ भन्नेमा कसैले सपना नदेख्न उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र जस्तै बिदा हुने बताए । सत्तामा आएपछि नियम कानून केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाइ छ । वैशाखमा चुनाव नहुने पनि उनले दाबी गरे । 

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरु सधैं अग्रगमनको पक्षमा रहने बताए । प्रतिगमनको पक्षमा नजाने उनको भनाइ छ ।

पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गरेसँगै राजनीतिक दलहरु यसको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । बुधबार नेकपा प्रचण्ड-माधव पक्षले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट