भ्रष्टाचारकाे आरोपमा चिनियाँ उद्योगपतिलाई मृत्युदण्ड-Sutra News

भ्रष्टाचारकाे आरोपमा चिनियाँ उद्योगपतिलाई मृत्युदण्ड

बिहिबार, २३ पौस २०७७

बिहिबार, २३ पौस २०७७

बेइजिङ- धेरै मानव अधिकारकर्मीहरुले चिनियाँ उद्योगपति लाइ जिओमिनलाई मृत्युदण्डको सजाय सुनाएकोमा चिन्ता व्यक्त गरेका छन् । उनीहरु भन्छन् ‘जिओमिनको अपराधअनुसार यो एकदमै कडा सजाय हो ।’



लाइ जिओमिनलाई सन् २०१८ मा पक्राउ गरिएको थियो । उनलाई करिब १० वर्षको अन्तरमा २८० मिलियन अमेरिकी डलर घुस लिएको आरोप लगाएको छ । 

जिओमिनको सजाय राष्ट्रपति सि जिनपिंगको ‘भ्रष्टाचार विरोधी अभियान’ को एक हिस्सा भएको मानिएको छ र यही अभियानको माध्यामबाट सबैभन्दा कठोर सजाय सुनाएको यो पहिलोपटक हो । 

चिनियाँ अधिकारीका अनुसार जिओमिनले ह्युआरोंग एसेट म्यान्जमेन्ट कम्पनीको चेयरम्यान हुँदा नै भ्रष्टाचार गरेका थिए । उक्त कम्पनी सन् १९९९ मा यस वित्तिय कम्पनीको स्थापना भएको थियो । उनलाई मंगलबार चिनियाँ शहर तियानजिनको एक अदालतले मृत्युदण्डको सजाय सुनाउँदै ‘जिओमिनको अपराधले देशको हितमा धेरै क्षति पुगेको’ बताएको छ ।

तर मानवअधिकार संगठनले यस सजायले अन्तर्राष्ट्रिय मानवअधिकारका मानकको सम्मान नगर्ने बताएका छन् । ह्युमन राइट्स वाचका एशिया क्षेत्रमा डेप्युटी निर्देशक फिल रोबर्टसनले भनेका छन्, ‘चीनले भ्रष्टाचारजस्तो आर्थिक अपराधका लागि जिओमिनलाई मृत्युदण्ड दिनु भनेको स्पष्ट रुपमा अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डको उल्लंघन हो । उनको मृत्युदण्ड जेल सजायमा परिणत हुनुपर्छ ।’

मानवअधिकार संगठनका अनुसार चिनियाँ सरकारले यस सजायको माध्यामबाट व्यापारी समुदायमा डर पैदा गराएर सबैलाई अनुशासित गर्न खोजेको छ । ह्युमन राइट्स वाच यस मृत्युदण्डको विरुद्धमा लडिरहेको छ । लाइ जिओमिन चिनियाँ सेन्ट्रल बैंक पनि काम गरिसकेका छन् । लाइको नेतृत्वमा ह्युआरोंग एसेट म्यानेजेमन्टले छिटै प्रगति गरेको थियो । कम्पनीमा छिटै थुप्रै लगानीकर्ता भित्रिएका थिए । 

चीनको एक फाइनान्स म्यागजिनले उनले धेरै पैसा कमाएर श्रीमती र प्रेमिकालाई बाँडेको उल्लेख गरेको छ । 

चिनियाँ कम्युनिष्ट पार्टीले पछिल्ला केही वर्षमा भ्रष्टाचार नियन्त्रण गर्न सरकारी अधिकारी र कम्पनीका उच्च अधिकारीका विरुद्ध कडा रुपमा प्रस्तुत भइरहेको छ । स्थानीय मिडियाका अनुसार हालसम्म १० लाखभन्दा धेरै मानिसविरुद्ध कारवाही भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट