इन्टरपोलसँग इरानको आग्रह- ट्रम्पलाई पक्राउ गर-Sutra News

इन्टरपोलसँग इरानको आग्रह- ट्रम्पलाई पक्राउ गर

बिहिबार, २३ पौस २०७७

बिहिबार, २३ पौस २०७७

तेहरान- इरानले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गर्न आग्रह गरेको छ । 



इरानी न्यायपालिकाका प्रवक्ता घोलाहोसेन इस्माइलीले मंगलबार एक प्रेस सम्मेलनको बेला इरानले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललाई ट्रम्पसहित अन्य ४७ अमेरिकी अधिकारीलाई पक्राउ गर्न अनुरोध गरेका हुन् । गत वर्ष जनरल कासिम सुलेमानीको हत्यामा भूमिकामा रहेको आरोप लगाएका छन् । 

‘इस्लामिक गणतन्त्र इरानले गम्भीरताका साथ यस अपराधको आदेश दिने र कार्यान्वयन गर्ने दुवैलाई सजाय दिने कुरामा पहल गरिरहेको छ’ इस्माइलीले पत्रकारहरुसँग भने । 

इरानको रिभोलुसनरी गार्ड क्रप्सका वरिष्ठ अधिकारी सुलेमानीको गत वर्ष जनवरी ३ मा इराकको बगदादमा अमेरिकी ड्रोन हमलाबाट हत्या भएको थियो । यस हत्या अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा भएको थियो । यो हत्यालाई अन्तर्राष्ट्रिय कानुनको विरुद्ध मानिन्छ । 

ट्रम्प र पेन्टागनका दर्जनौं अमेरिकी अधिकारी तथा युएस केन्द्रीय कमाण्डलगायत अन्य संगठनका अधिकारीलाई अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्ट लागि इरानले गरेको यो दोस्रो आग्रह हो । 

गत जुनमा तेहरानका अभियोजक अली अलकासिमेहरले ट्रम्प र दर्जनौं अमेरिकी अधिकारीहरूको गिरफ्तारी वारेन्टका लागि अनुरोध गरेका थिए, जसमा अमेरिकी अधिकारीहरूलाई हत्या र आतंकवाद आरोप लगाइएको थियो । तर इन्टरपोलले इरानको अनुरोध अस्वीकार गर्दै यसको संविधानले राजनीतिक, सैन्य, धार्मिक वा जातीय चरित्रको कुनै हस्तक्षेप वा गतिविधि गर्नबाट प्रतिबन्ध लगाएको स्पष्टिकरण दियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट